


दमाैली, ३० साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा बिहीबार साँझ बस र विद्युतीय माइक्रो ठोक्किएर दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको छ ।
दमौलीबाट मुग्लिनतर्फ जॉदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो दुर्घटना हुँदा गम्भीर घाइते माइक्रो चालक धादिङको निलकण्ठ नगरपालिका–१४ बस्ने रमेश अवस्थीको उपचारका क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते अवस्थीलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकामा राति चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
दुर्घटनामा बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएका थिए । अन्य घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।