देवघाटमा नदीले बगाएर एक जना बेपत्ता, एक जनाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा नदीले बगाएर एक जना बेपत्ता, एक जनाको उद्धार

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८२, सोमबार

    दमौली, ९ भदौ । तनहुँको देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा सोमबार एक जना बेपत्ता भएका छन् । नदीले बगाएका अर्का एक जनाको उद्धार भएको छ ।

    नदीमा पौडी खेल्ने क्रममा चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारी बस्ने १३ वर्षीय कुशल ढकाल र भरतपुर महानगरपालिका–१६ मङ्गलपुर बस्ने १७ वर्षीय कृष्ण लामिछानेलाई नदीले बगाएको हो । नदीले बगाएकामध्ये कुशल ढकाललाई स्थानीय सोमबहादुर बोटेले उद्धार गरेका छन् भने कृष्ण लामिछाने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

    नदीले बगाएर बेपत्ता लामिछानेको खोजी कार्य भइरहेको उनले जानकारी दिए । बेपत्ताको खोजीकार्यका लागि १७ नम्बर गण आँपटारी चितवनबाट गोताखो सहितको टोली खटिएको विश्वकर्माले जानकारी दिए । बेपत्ता हुनेहरु दिदीबहिनीको छोराहरु हुन् । उनीहरु मामाघर आएका थिए ।