


दमौली, १८ भदौ । रिबिल्ड नेपाल एजुकेसनल फाउन्डेसनले तनहुँको व्यास नगरपालिका- १३ बेनिकोटमा रहेको बेनिमित्र विद्यालयका विद्यार्थीलाई झोला, स्टेशनरी र टिसर्ट वितरण गरेको छ। फाउन्डेसनले निम्न आय स्रोत भएका जनजाति तथा दलित विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरेको हो ।
बेनिमित्रका ३७ जना विद्यार्थीलाई झोला र जर्सी तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको रिबिल्ड नेपालका एजुकेसन फाउन्डेसनले जनाएको छ। फाउन्डेसनका संयोजक सरोज बस्नेतले तनहुँ जिल्लाका विभिन्न स्थानीय तह व्यास, भानु, बन्दिपुर मातहतका विद्यालयहरुमा शैक्षिक स्तर उन्नति, ज्ञान सीप प्रविधि जस्ता क्षेत्रमा विगत चार वर्ष देखि फाउन्डेसनले सहयोग गरिरहेको जानकारी दिए।
विद्यालयका शिक्षक ईश्वर बास्तोलाले सहयोगको अपिल गरेपछि फाउण्डेशनले सहयोग गरेको हो ।