थर्पुमा दुई स्कुटर ठक्कर खॉदा एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थर्पुमा दुई स्कुटर ठक्कर खॉदा एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८२, बुधबार

    दमौली, १८ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा मङ्गलबार राति दुई स्कुटर ठक्कर खॉदा एक जनाको मृत्यु भएको छ। 

    पोखराबाट दमौली तर्फ आउँदै गरेको ग २१ प ३०३६ नम्बरको स्कुटर र विपरित दिशातर्फ जॉदै गरेको गरेको गरेको ग २३ प ८००७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खॉदा ग२१प ३०३६ नम्बरका  स्कुटर चालक म्याग्दे गाउँपालिका-७ बस्ने ३२ वर्षीय विजय थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

    दुर्घटनामा घाइते थापालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।  दुर्घटनामा ग २३प ८००७ नम्बरको स्कुटर चालक कास्कीको पोखरा महानगरपालिका-१७ बस्ने १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनको जिएमसी अस्पताल पोखरामा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।