निजामती सेवा दिवस तनहुँमा विविध कार्यक्रम गरी मनाइँदै, पहिलाे दिन वृक्षारोपण गरियाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजामती सेवा दिवस तनहुँमा विविध कार्यक्रम गरी मनाइँदै, पहिलाे दिन वृक्षारोपण गरियाे

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८२, बुधबार

    दमाैली, १८ भदाै । निजामती सेवा दिवसको अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा आज व्यास नगरपालिका–११ स्थित सिद्धवराह सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

    डिभिजन वन कार्यालय तनहुँको संयोजनमा भएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बिरुवा रोप्नुभन्दा पनि हुर्काउनु महत्वपूर्ण रहेको उल्लेख गरे ।

    कार्यक्रममा मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, निमित्त वन अधिकृत शरदकुमार अधिकारी लगायत कर्मचारीहरुको सहभागिता थियो ।

    जिल्लामा भदौ १८ गतेदेखि २२ गतेसम्म निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पहिलो दिन डिभिजन वन कार्यालयको संयोजनमा वृक्षारोपण गरिएको छ भने भदौ १९ गते प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयोजनमा डेङ्ग लगायतका सङ्क्रामक रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम, भदौ २० गते कर्मचारी मिलन केन्द्रको संयोजनमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, भदौ २० गते मूल समारोह समितिको संयोजनामा कार्यालय परिसर सरसफाई, भदौ २१ गते प्रदेश अस्पताल दमौली तथा सामाजिक विकास कार्यालयको संयोजनमा वृद्धाश्रम, असहायक आश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण तथा सहयोग कार्यक्रम हुनेछ ।

    यस्तै भदौ २२ गते मूल समारोह समितिको संयोजनमा प्रभातफेरी, भदौ २२ गते नै प्रदेश अस्पताल दमौली, प्रदेश जनस्वास्थ्य कार्यालयको संयोजनमा स्वास्थ्य शिविर, सोही दिन सेवा निवृत्त कर्मचारीहरुको सम्मान तथा औपचारिक समारोह र सबै कार्यालयहरुमा पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान कार्यक्रम गरिने जनाइएको छ ।