


दमाैली, १९ भदाै । व्यास नगरपालिका-३ शान्तिनगर घर भई हाल कतारमा रहेका सन्तोष पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर ज्येष्ठ नागरिक आश्रमलाई २० हजार सहयाेग गरेका छन् ।
पाैडेलले व्यास नगरपालिका-५ पाटनस्थित राष्ट्रिय परोपकार महासंघद्वारा सञ्चालित ज्येष्ठ नागरिक आश्रमका लागि बिहीबार २० हजार आर्थिक सहयोग गरेका हुन् । जन्मदिनलाई सामाजिक कामसँग जाेड्ने उद्धेश्यसहित उक्त सहयाेग गरेकाे पाैडेलले बताए ।
पाैडेलले पठाएकाे रकम नेपाल पत्रकार महासंघ तनहुँका सचिव कृष्ण न्याैपानेले राष्ट्रिय पराेपकार महासंघका अध्यक्ष तारानाथ घिमिरेलाई हस्तान्तरण गरेका छन् । पाैडेलले गरेकाे सहयाेगप्रति घिमिरेले आभार व्यक्त गरेका छन् ।