संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरु समाधान गर्दै जानुपर्छ : मन्त्री न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरु समाधान गर्दै जानुपर्छ : मन्त्री न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८२, शुक्रबार

    काठमाडौं, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै जानुपर्ने बताएकी छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताइन् ।

    अहिलेको अवस्थामा संघीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको भन्दै मन्त्री न्यौपानेले संघीयता पुर्ण रुपमा कार्यान्वयनमा जान अझै केही समय लाग्ने बताइन् । संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको दाबी थियो ।

    संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबारको रुपमा जनतालाई घर आँगनमै सेवा दिईरहेको मन्त्री न्यौपानेले बताइन् ।

    स्थानीय सरकार जनतामाझ सेवा प्रवाहमा सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै उनले त्यसलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको बताइन् । ‘जनतालाई सर्भिस डेलिभरीमा सबैभन्दा बढी ध्यान दिने सरकार नै स्थानीय सरकार हो, त्यसैले स्थानीय सरकार शक्तिशाली हुनुपर्छ भनेर नै हामीले लामो समयदेखि आन्दोलन पनि गरेका हौँ’ उनले भनिन्, ‘संविधानले दिन खोजेको अधिकार पनि त्यही हो ।’ सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुने भन्दै उनले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताइन् ।