


दमाैली, २१ भदाै । व्यास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः प्रदीपराज अधिकारी निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न १८ औं साधारणसभाबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
सहकारीको उपाध्यक्षमा त्रिभुवन श्रेष्ठ, सचिवमा केशव भट्टराई, कोषाध्यक्षमा चिरौकाजी बतास र सदस्यहरुमा कोपिला थापा, नविन वस्ती, सुदेव भूमि, बेदकुमारी काफ्ले वाग्ले र प्रेमकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै लेखा समितिका संयोजकमा राजेश्वर हड्खले र सदस्यहरुमा दुर्गाविलास भट्टराई र सीता पाण्डे चयन भएका छन् ।