तनहुँकी रियाद्वारा अभिनित चलिचत्र ‘मुख्या’ दमाैलीमा प्रर्दशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँकी रियाद्वारा अभिनित चलिचत्र ‘मुख्या’ दमाैलीमा प्रर्दशन

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८२, शनिबार

    दमाैली, २१ भदाै । नायक तथा निर्देशक प्रितम गुरुङद्वारा निर्देशन ५० औं फिल्म ‘मुख्या’ शनिबार दमाैलीमा प्रर्दशन गरिएकाे छ । दमाैलीस्थित क्युएफएक्समा उक्त चलचित्रकाे विशेष प्रदर्शनी गरिएकाे हाे । चलचित्रमा तनहुँकी रिया गुरुङकाे मुख्य अभिनय रहेकाे छ।

    चलचित्रकाे प्रदर्शनी कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतकाे उपस्थिति थियाे । नेपाल तमु विद्यार्थी छाेज धिं तनहुँले उक्त चलचित्र प्रर्दशन गरेकाे हाे ।

    मुख्या फिल्म, पारिवारिक कथामा बनेको सामाजिक चलचित्र हो । चलचित्रमा टिकाराम घले, बिस्नु गुरुङ , रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।