मतदातालाई धन्यवाद दिँदै वाग्लेले भने : एकाधिकारवादी साेचका विरुद्धकाे अभियानमा सहयाेग चाहन्छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मतदातालाई धन्यवाद दिँदै वाग्लेले भने : एकाधिकारवादी साेचका विरुद्धकाे अभियानमा सहयाेग चाहन्छु

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८२, आईतवार

    दमाैली, २२ भदाै । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिकाे अध्यक्षका प्रतिस्पर्धी कमलामाेहन वाग्लेले मतदाताप्रति धन्यवाद ज्ञापन गरेका छन् । वाग्लेले आइतबार सामाजिक सञ्जालमार्फत् सबै मतदाताप्रति धन्यवाद ज्ञापन गरेका हुन् ।

    उनले आफूलाई प्रत्यक्ष अप्रत्यक्ष सहयाेग गरि सम्मानजनक मत प्राप्त गर्न सहयाेग गर्ने एवं मतदानमा सहभागी भइ मतदान गर्नेप्रति आभार व्यक्त गरेका छन् । साथै उनले आगामी दिनमा एकाधिकारवादी साेचका विरुद्धकाे अभियानमा सहयाेगकाे अपेक्षा गरेकाे उल्लेख गरेका छन् ।