प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा रोटरीको सडकबत्ती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा रोटरीको सडकबत्ती

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८२, सोमबार

    दमाैली, २३ भदौ । रोटरी क्लब दमौलीले तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिर परिसरमा सडकबत्ती जडान गरेको छ । क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यास नगरपालिका–१४ छाब्दीवाराही मन्दिरमा सडकबत्ती जडान गरेको हो ।

    जडान गरिएका सडकबत्ती आज एक कार्यक्रमका बीच छाब्दीवाराही विकास कोषलाई हस्तान्तरण गरिएको छ । मन्दिर परिसरमा आठ वटा कलात्मक स्तम्भमा २४ बत्ती जडान गरिएको छ । सडक बत्तीको संरक्षण, रेखदेख र सञ्चालनका लागि क्लब र विकास कोषबीच द्विपक्षीय सम्झौता गरिएको क्लवका अध्यक्ष वीणा कैनीले जानकारी दिइन् ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोटरीले समाजलाई आवश्यक र सङ्कटको समयमा निरन्तर सहयोग गर्दै आएको बताइन् । नगरपालिकाले छाब्दीको विकासमा निरन्तर सहयोग गर्दै आएको बताउँदै नगरप्रमुख न्यौपानेले छाब्दी क्षेत्रमा बसपार्क निर्माणका लागि यस वर्ष बजेट विनियोजन गरिएको जानकारी दिए ।

    व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले छाब्दी मन्दिर दर्शनका लागि देशभरबाट भक्तजन आउने भएकाले सडक बत्ती परियोजनाले रोटरीको गरिमा थप बढाउने विश्वास व्यक्त गरे ।

    छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले धार्मिक स्थलको विकासमा रोटरी क्लबले पु¥याएको योगदानको प्रशंसा गर्दै सडक बत्तीले मन्दिरमा आयोजना हुने धार्मिक कार्यक्रम, सामाजिक गतिविधि र मेलापर्वलाई अझ व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।

    सडक बत्ती स्थापना भएपछि बिहान र साँझपख मन्दिर आउने भक्तजनलाई सहज हुने अपेक्षा गरी यो परियोजनाबारे कल्पना गरिएको क्लबका निवर्तमान अध्यक्ष जीवनकुमारी श्रेष्ठले बताए । कलात्मक डिजाइनका बत्तीले मन्दिर परिसरमा उज्ज्यालो प्रदान गर्नुका साथै आकर्षक देखिने भएकाले यसले धार्मिक पर्यटन प्रबद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने उनकाे भनाइ छ ।