जेन-जीको आन्दोलनमा बर्बरतापूर्वक दमन गरी हत्या गरिएकामा रास्वपा तनहुँको विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेन-जीको आन्दोलनमा बर्बरतापूर्वक दमन गरी हत्या गरिएकामा रास्वपा तनहुँको विरोध

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८२, सोमबार

    दमौली, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले काठमाडौमा सोमबार भएको जेन-जीको आन्दोलनमा सरकारले बर्बरतापूर्वक दमन गरी युवाहरुको हत्या गरेको भन्दै विरोध जनाएको छ ।

    सो पार्टीका जिल्ला सभापति विश्व बास्तोलाले विज्ञप्ती जारी गरी सरकारद्वारा हत्या गरिएका निर्दोष निहत्था जेनजी यो‌द्धाहरुको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रदाञ्जली अर्पण गर्दै सम्पुर्ण घाइतेहरुको निशुल्क उपचारको माग गरेका छन् ।

    विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले प्रत्याभुत गरिएको स्वतन्त्रताको हक र संचारको हकमाथि अंकुश लगाउने गरी सामाजिक संजाल माथि रोक लगाउने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा जेनजी पुस्ताद्वारा स्वत-स्फुर्त रुपमा आयोजना गरिएको विरोध प्रदर्शनमा सरकारले बर्बरतापूर्वक दमन गरी निहत्था युवाहरुको आम हत्या गरिएको घटनाको रा.स्व.पा तनहुँ घोर निन्दा गर्दछ । शत्ता र शक्तिको आशक्तिमा चुर्लुम्म डुबेको वर्तमान सरकारले वैधानिकता गुमाइसकेको हुँदा प्रधानमन्त्रीले तत्काल राजिनामा दिएर घटनाको निष्पक्ष उच्चस्तरीय छानविन गरी दोषि उपर कडा कारवाही गर्न हामी जोडदार माग गर्दछौं ।’