दमौलीका केही ठाउँमा निषेधाज्ञा जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीका केही ठाउँमा निषेधाज्ञा जारी

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमौली, २४ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँले दमौली बजार क्षेत्रका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आज बिहान सूचना जारी गर्दै निषेधाज्ञा लगाइएको जानकारी दिएका छन् ।

    व्यास नगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी बिहान १० बजे देखि अर्को आदेश नभएसम्म लागि स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) दफा ६ को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । 

    निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइएको छ ।

     सूचना अनुसार पूर्व तर्फ रेडक्रस सोसाईटी जिल्ला शाखा, उत्तर तर्फ, उद्योग वाणिज्यको सभाहल देखि प्रशासन गेट सम्म भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र देखि प्रदेश जनस्वास्थ्य कार्यालय छिर्ने गेट देखिको सडक क्षेत्र, पश्चिम तर्फ, महर्षि वेद व्यास स्कुल र दक्षिण तर्फ, व्यास आश्रममा निषेधाज्ञा जारी गरिएको छ ।