


दमौली, २५ भदौ । भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण तनहुँका विभिन्न स्थानीय तहले आज बिदा दिने निर्णय गरेका छन् ।
व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिकाले विज्ञप्ती जारी गरी बुधबार बिदा दिइएको जनाएका छन् ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्काल सेवा प्रवाह गर्न कठिनाई भएकाले व्यास नगरपालिका र मातहतका सम्पूर्ण कार्यालयहरु आजका दिन बन्द रहने जनाएका छन् ।
यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी हुँदै यस असहज परिस्थतिमा सबै मिलि सार्वजनिक र नीजि सम्पत्तिको सुरक्षा गर्न अनुरोध गर्दै सम्पूर्ण नगरवासीहरुलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।


