


दमौली, २५ भदौ । दमौलीका युवाहरु फोहर सरसफाई गर्न जुटेका छन्। । जेनजेडले मंगलबार आयोजना गरेको आन्दोलनका क्रममा जलाइएर फोहर भएका सरकारी कार्यालय लगायत बजार क्षेत्रमा सरसफाईका लागि यहॉका युवाहरु खटिएका हुन् ।
सामाजिक अभियान्ता सुदीप गफ्फारले नगरलाई सफा राख्ने दायित्व युवाको भएको बताए । सरसफाईमा दमौलीका युवाका साथै टोलवासीको सहभागिता छ ।
आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, तनहुँ अदालत, जिल्ला समन्वय समिति, मालपोत कार्यालय, खानेपानी कार्यालय, डिभिजन वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, व्यास नगरपालिकामा आगजनी र तोडफोड गरिएको थियो ।


