


दमौली, २५ भदौ । तनहुँको सदरमुकाम दमौलीमा कर्फ्यु लगाइएको छ । नेपाली सेनाले कर्फ्युका लागि बजार क्षेत्रमा माइकिङ गरेको छ ।
कर्फ्युका समयमा सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रह गरिएको छ । बुधबार सॉझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने जनाइएको छ ।