तनहुँको जनजीवन सामान्य बनाउन विभिन्न संघसंस्थाको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको जनजीवन सामान्य बनाउन विभिन्न संघसंस्थाको आग्रह

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०८२, बुधबार

    दमौली, २५ भदौ । जेनजेडको आन्दोलनबाट उत्पन्न भएको परिस्थितिलाई सामान्य बनाउन सबैसँग आग्रह गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ तनहुँ, महिला मानव अधिकार रक्षक सञ्जाल र नेपाल आदिवासी जनजाति महासंघ तनहुँले बुधबार संयुक्त विज्ञप्ती जारी गरी चाडपर्वको मुखमा भएको यस घटनाबाट जनजीवनमा पर्न गएको असरलाई मध्यनजर राखी जनजीवन सहज बनाउन, सम्बन्धित पक्ष, अभिभावक, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार साथै बुद्धिजिवी सबैले पहल गर्नु आवश्यक रहेको जनाइएको छ ।

    आगामी दिनहरुमा यस्ता घटनाहरु नदोहोरिउन् भन्ने सम्बन्धित पक्षसँग हार्दिक अपिल गरिएको छ ।