


दमौली, २६ भदौ । जेनजेड आन्दोलनको बहानामा कारागारबाट भागेका १२ जना कैदीबन्दीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । विभिन्न कारागारबाट भागेका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विकले जानकारी दिए ।
तनहुँ कारागारबाट पनि ३२७ कैदीबन्दी मंगलबार राति भागेका थिए ।