सुनको चाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको चाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८२, मंगलवार

    काठमाडौ, ३१ भदौ । नेपाली बजारमा सुनको चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

    मंगलबार सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च हो ।

    मंगलबार चाँदीको मूल्य पनि बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको थियो। चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ ।