असहज परिस्थितिका बीच प्रशासनले भोलिदेखि नागरिकताको सेवा दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    असहज परिस्थितिका बीच प्रशासनले भोलिदेखि नागरिकताको सेवा दिने

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८२, बुधबार

    दमौली, १ असोज । ‘जेनजी’ आन्दोलनपश्चात् अवरुद्ध नागरिकताको काम भोलि बिहीबारदेखि सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि नयॉ नागरिकता र प्रतिलिपिको काम सुरु गर्ने जनाएको छ ।

    कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट कार्यालयको भौतिक संरचना, कार्यालय उपकरण, फर्निचर तथा अभिलेखहरु जली नष्ट भएका छन् । असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा संचालन गर्न कार्यालयका तर्फबाट अधिकतम प्रयास भईरहेको व्यहोरा प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए।

    हालको विषम परिस्थितिमा कार्यालयबाट पूर्ववत् रुपमा सेवा सञ्चालन हुन केही समय लाग्ने उनले बताए ।

    शान्ति सुरक्षा सम्बन्धित सेवाहरु कार्यालयबाट नियमित रुपमा सम्पादन भइरहेको जनाइएको छ ।

    आदिवासी/जनजाति, दलित, खस आर्य तथा मुस्लिम प्रमाणित तथा दुई नामथर प्रमाणित सम्बन्धी सेवाहरु नियमित रुपमा सूचारु रहेको श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार राहदानी सम्बन्धी अत्यावश्यक सेवाका लागि राहदानी विभागको सम्पर्क नं. ०१-५९७०३३० मा सम्पर्क गरी जानकारी लिन तथा राहदानी विभागबाट कम्प्युटर लगायतका विद्युतीय राहदानीका लागि आवश्यक उपकरणहरु कार्यालयमा प्राप्त भए पश्चात राहदानी सम्बन्धी सेवा सञ्चालन गरिनेछ ।

    राष्ट्रिय परिचयपत्र सम्बन्धी अत्यावश्यक सेवाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सम्पर्क नं. ०१-४२०००१४, ०१-४२११५६३ वा सूचना अधिकारीको सम्पर्क नं. ९८५१३५७३६२ मा सम्पर्क गरी जानकारी लिन, साथै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण दर्ताका लागि आवश्यक पर्ने कम्प्युटर लगायतका उपकरणहरु कार्यालयमा प्राप्त भए पश्चात राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गरिने जनाइएको छ ।