तनहुँका विभिन्न स्थानमा दीप प्रज्ज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका विभिन्न स्थानमा दीप प्रज्ज्वलन

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८२, बुधबार

    दमाैली, १ असाेज । ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा तनहुँका विभिन्न स्थानमा बुधबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । दमौलीस्थित अनसन चौतारी, शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार, म्याग्दे, देवघाटमा सर्वसाधारणले दीप प्रज्ज्वलन गर्दै जेनजी आन्दोलनका क्रममा उठाइएका माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।

    दमौलीमा लायन्स क्लव र लियो क्लवको संयुक्त आयोजनामा दीप प्रज्ज्वलन गरिएको लियो क्लवका तनहुँका अध्यक्ष राेविन श्रेष्ठले जानकारी दिए ।

    यस्तै खैरेनीटारमा लायन्स क्लव तनहुँ खैरेनीटार, लायन्स क्लव तनहुँ शुक्लागण्डकी सिस्टर्स र लियो क्लव खैरेनीटार दुलेगौडा मन्त्रले दीप प्रज्ज्वलन गरेको हो ।