


दमाैली, १ असाेज । तनहुँका प्रहरी नायब उपरिक्षक अशाेक थापाकाे सरुवा भएकाे छ । प्रहरी प्रधान कार्यालयले बुधबार ९० जनाकाे डिएसपी सरुवा गरेकाे छ ।
थापाकाे नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल सरुवा भएकाे छ । एक वर्ष जिल्लामा रहेका थापाले विवादरहित रुपमा आफ्नाे कार्यकाल पूरा गरेका छन् ।
तनहुँमा गण्डकी प्रदेश प्रहरी कार्यालय समन्वय शाखा पाेखराबाट श्रवणकुमार विक आउने भएका छन् । विक प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी कार्यालय बेलचाैतारामा थिए ।