कन्टारमा बेबारिसे अवस्थामा भेटिएका घाइतेको पहिचान खुलेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कन्टारमा बेबारिसे अवस्थामा भेटिएका घाइतेको पहिचान खुलेन

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८२, बिहीबार

    दमाैली, १ असाेज । तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सोमबार घाइते अवस्थामा भेटिएका एक व्यक्तिको पहिचान नखुल्दा समस्या भएको छ । कन्टारस्थित सडक छेउमा घाइते अवस्थामा भेटिएका अन्दाजी ३५÷४० वर्षीय व्यक्तिको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइतेलाई प्रदेश अस्पतालमा प्राथमिक उपचार पश्चात् मङ्गलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । हाल उनको भेन्टिलेटर कक्षमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । निजको अवस्था हालसम्म पनि गम्भीर रहेको र बोल्न नसक्ने रहेको उनले बताए ।

    निजको बायाँ आँखीभौमाथि र बायाँ गाला र दाहिने कन्चटमा चोट रहेको छ । निजका आफन्त हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।