बाल मन्दिरका विद्यार्थीद्वारा खाजा खर्च जाेगाएर उज्यालाे घरलाई सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाल मन्दिरका विद्यार्थीद्वारा खाजा खर्च जाेगाएर उज्यालाे घरलाई सहयाेग

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८२, शुक्रबार

    दमाैली, ३ असाेज । जुनियर रेडक्रस सर्कल, बालमन्दिरले उज्यालो घरलाई नगद सहयोग गरेको छ । ११ औँ संविधान दिवसको अवसरमा सर्कलले उज्यालो घरलाई रु दुई हजार पाँच सय पाँच नगद सहयोग हस्तान्तरण गरेको हो।

    सर्कलका सदस्यहरूले आफ्नै व्यक्तिगत योगदान र खाजा–खर्च कटौती गरी संकलित रकम शुक्रबार उज्यालो घर सञ्चालक सागर घिमिरेलाई हस्तान्तरण गरेका हुन्। नगद सहयोग ग्रहण गर्दै घिमिरेले सहयोग रकम बालबालिकाको शिक्षा, पोषण र आधारभूत आवश्यकतामा खर्च गर्ने बताए ।

    विद्यालयका प्रधानाध्यापक राजेन्द्र खनालले युवा पुस्ताले सामाजिक सेवामा देखाएको सक्रियता प्रशंसनीय रहेको बताए। खनालले सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे। कार्यक्रममा शिक्षक नायक गोकुल थापाले जुनियर रेडक्रस सर्कलले संविधान दिवसलाई सामाजिक सेवा र सहकार्यको माध्यमबाट अर्थपूर्ण बनाएको उल्लेख गरे ।

    कार्यक्रममा सर्कलका नि. अध्यक्ष सरस्वती डौलियाले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको सर्कलका सचिव सुस्मिता परियारले बताइन्।