


दमौली, ५ असोज । ‘जेनजी’ पुस्ताको आन्दोलनमा तोडफोड र आगजनीबाट नेकपा एमाले तनहुँको कार्यालयमा १५ लाख बढीको क्षति भएको छ ।
गत भदौ २४ गते पार्टी कार्यालयमा आगजनी र तोडफोड हुँदा १५ लाख १३ हजार चार सय बराबरको क्षति भएको हो । एमाले तनहुँका अध्यक्ष हरिराज कंडेलका अनुसार आगजनी र तोडफोडबाट कार्यालयमा रहेका पॉच थान कम्प्युटर, पॉच सय थान प्लाष्टक कुर्ची, पॉच सय थान पुस्तक, र्याक, सोफा सेट लगायतमा क्षति पुगेको छ ।