फाेटाेग्राफर एशाेसिएसन तनहुँद्वारा प्रशासनलाई कुर्ची सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फाेटाेग्राफर एशाेसिएसन तनहुँद्वारा प्रशासनलाई कुर्ची सहयाेग

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८२, आईतवार

    दमाैली, ५ असाेज । फोटोग्राफर एशाेसिएसन तनहुँले जिल्ला प्रशासन कार्यालय तनहुँलाई कुर्ची सहयाेग गरेकाे छ । जेनजी आन्दाेलनका क्रममा कार्यालयमा ताेडफाेड र आगजनी पश्चात् सबै सामग्री जलेर नष्ट भएपछि एशाेसिएसनले कार्यालयलाई पाँच थान कुर्ची सहयाेग गरेकाे हाे ।

    एशाेसिएसनका अध्यक्ष लाेक बहादुर कुमाल, सचिव अश्विनकिशाेर श्रेष्ठ, निवर्तमान अध्यक्ष बलभद्र श्रेष्ठ, सदस्यहरु विष्णु शर्मा, सुशीलकुमार श्रेष्ठको उपस्थितिमा कार्यालयका जिन्सी शाखा प्रमुख गाेपाल पाेख्रेललाई उक्त कुर्ची हस्तान्तरण गरिएकाे छ ।