मानुङकाेटमा लियाे क्लव तनहुँले राख्याे स्वागत बाेर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानुङकाेटमा लियाे क्लव तनहुँले राख्याे स्वागत बाेर्ड

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८२, आईतवार

    दमाैली, ५ असाेज । लियो क्लब अफ तनहुँले व्यास नगरपालिका-५ स्थित मानुङकाेटमा स्वागत बाेर्ड राखेकाे छ । मानुङकाेटकाे प्रचारप्रसारका लागि क्लवले आइतबार स्वागत बाेर्ड राखेकाे हाे ।

    मानुङकाेट आउने पर्यटकलाई स्वागत गर्नका लागि क्लवले काठकाे बाेर्ड राखेकाे क्लवका अध्यक्ष राेविन श्रेष्ठले जानकारी दिए ।

    त्यसक्रममा व्यास नगरपालिका-५ का वडाध्यक्ष हिमाल श्रेष्ठ, व्यास नगरपालिका-६ का वडाध्यक्ष जीवन गुरुङ, क्लवका पदाधिकारी एवं सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।