शनिबार भानुका विभिन्न ठाउँमा सात घण्टा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शनिबार भानुका विभिन्न ठाउँमा सात घण्टा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८२, शुक्रबार

    दमौली, १० असोज । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र अन्तर्गत डुम्रे सवस्टेशनबाट वितरित विभिन्न ठाउँमा शनिबार सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ । डुम्रे सवस्टेसनबाट वितरण हुने गोरखा फिडरमा बुश कटिङ गर्नका लागि शनिबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म भानुका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुन लागेको हो ।

    डुम्रे प्रशाखाका अनुसार भानु नगरपालिकास्थित आम्बोटे,चाम्बास, खहरे , तुतुरे, पाँचसय बगैंचा मोन्टे हटिया, चिसापानी लगायतका ठाउँमा विद्युत अवरुद्ध हुनेछ ।