तनहुँ कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० सम्म फर्किन अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० सम्म फर्किन अनुरोध

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८२, सोमबार

    दमौली, १३ असोज । जेनजी आन्दोलनमा गत भदौ २४ गते फरार भएका तनहुँ कारागारका कैदीबन्दीलाई असोज २० गतेसम्म कारागार फर्किन अनुरोध गरिएको छ । तनहुँ कारागारका तीन सय २७ जना फरार भएका थिए ।

    फरार भएका कैदीबन्दीलाई आगामी असोज २० गतेसम्म कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन अनुरोध गरिएको छ । अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानून बमोजिम कारवाही हुने र त्यस्ता कैदीबन्दीहरुलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुन बमोजम कारवाही गरिने जनाइएको छ ।

    जेनजी’ आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न कार्यदल गठन गरिएको छ ।