अर्चले खेलकुद उत्सव : भलिबलको उपाधि भन्सारलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अर्चले खेलकुद उत्सव : भलिबलको उपाधि भन्सारलाई

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८२, सोमबार

    दमाैली, १३ असाेज । तनहुँको भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा आयोजना गरेको अर्चले खेलकुद उत्सव अन्तर्गत भलिबलको उपाधि भानु नगरपालिका–१ भन्सार युवा परिवारले जितेको छ । साेमबार सम्पन्न फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो ।

    उपाधिसँगै भन्सारले नगद रु ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राइपालीभञ्ज्याङले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

    युवाहरुबीच आपसी सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकताको भावना विकास गर्न क्लवले खेलकुद उत्सव आयोजना गरेको गुरुङले बताए ।

    खेलकुत उत्सव अन्तर्गत खुल्ला भलिबल, ३५ वर्षमाथिको पुरुष फुटबल, सुस्त मोटरसाइकल दौड, खुल्ला छेलो प्रतियोगिता, बेलुन फुटाउने प्रतियोगिता, मेच घुमाइ र घैटो फुटाउने प्रतियोगिता आयोजना गरिएको थियो ।