अन्तिम खेलमा नेपाल विरुद्ध वेष्ट इन्डिज १० विकेटले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तिम खेलमा नेपाल विरुद्ध वेष्ट इन्डिज १० विकेटले विजयी

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८२, मंगलवार

    काठमाडौं, १४ असाेज । युनिटी कप अन्तरगतको अन्तिम म्याचमा वेष्ट इन्डिजले नेपाललाई १० विकेटले पराजित गरेकाे छ । नेपालले दिएकाे १२३ रनको लक्ष्य वेष्ट इन्डिजले बिना विकेटकाे क्षतिमा १२.२ ओभरमा भेट्यायाे ।

    टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भएकाे थियाे ।

    ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन बनाए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४  र कुशल मल्लले १२ रन बनाए ।

    सुरुवात राम्रो गरेर पावरप्लेमा ३७-० को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि थप ९० रन पनि नजोड्दा सबै विकेट गुमायो ।

    वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे ।

    नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ । आजको खेलमा भने वेस्ट इन्डिज पूर्णरूपा हावी बनेको छ ।