चर्खे पिङ संरक्षणमा भानुका स्थानीय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चर्खे पिङ संरक्षणमा भानुका स्थानीय

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८२, बिहीबार

    दमाैली, १६ असाेज । तनहुँको भानु नगरपालिका–४ टारका स्थानीयवासी चर्खे पिङ संरक्षणमा जुटेका छन् । दसैंका बेला पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि स्थानीयवासी पिङ संरक्षणमा जुटेका हुन् ।

    यहाँका स्थानीयवासीले चर्खे र लिङ्गे पिङ हालेर सर्वसाधारणलाई पिङ खेल्ने वातावरण सिर्जना गरेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए । उनले भने, “दसैंका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता छ, तर पछिल्लो समय बढ्दो आधुनिकतासँगै पिङको प्रचलन लोप हुन थालेको छ । त्यसैले संरक्षणका लागि एकै ठाउँमा चर्खे र लिङ्गे पिङ हालेका छौ ।”

    सोही वडाकै गगनपुर बगैंचामा संस्कृति जगेर्ना गर्ने उद्धेश्यसहित स्थानीय युवाले चर्खे पिङ र लिङ्गे पिङ हालेका छन् ।