व्यास नगरपालिकाभित्र प्लाष्टिकजन्य माला निषेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाभित्र प्लाष्टिकजन्य माला निषेध

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८२, बुधबार

    दमाैली, २९ असाेज । यहाँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लाष्टिकजन्य मालामा निषेध गरेको छ । नगरपालिकाले नगरलाई वातावरणमैत्री बनाउन प्लाष्टिकजन्य माला निषेध गरेको हो ।

    नजिकिदै गरेको तिहारको अवसरमा प्लाष्टिकजन्य फूल तथा कृत्रिम माला प्रयोग नगर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । निषेधित प्लाष्टिकजन्य वस्तुहरु प्रयोग भएको पाइए नियमानुसारको दण्ड, जरिवाना तथा सजाय हुने लम्सालले बताए ।

    नगरलाई स्वच्छ, स्वस्थ र वातावरणमैत्री बनाउने अभियान अन्तर्गत नगर कार्यपालिकाको गत २४ गते बसेको बैठकले प्लाष्टिकजन्य फूल तथा कृत्रिम माला प्रयोग नगर्ने, नगराउने निर्णय गरेको छ ।