राधा माविको अध्यक्षमा सन्दिप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राधा माविको अध्यक्षमा सन्दिप

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०८२, बिहीबार

    दमाैली, ३० असाेज । म्याग्दे गाउँपालिका–२ जामुनेस्थित राधा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सन्दिप रानाभाट चयन भएका छन् । बिहीबार भएको बैठकले रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    समितिको सदस्यहरुमा विनोद विश्वकर्मा, पवित्रा नेपाली, रश्मिला रानाभाट, नरेशचन्द्र अधिकारी (जग्गादाता), कृष्णमाया श्रेष्ठ (चन्दादाता) चयन भएका छन् ।

    गत असोज २५ गतेको भेलाले चार जना सर्वसम्मत भएका थिए भने बिहीबार वडाध्यक्षसहितको बैठकले दुई जना सदस्य मनोनित गरेको हो । समितिको सदस्य सचिवमा प्रधानाध्यापक अशोकचन्द्र वाग्ले रहेका छन् ।

    म्याग्दे गाउँपालिकाको नमूना विद्यालय राधा माविमा सात सय विद्यार्थी अध्ययनरत छन् । अध्यक्षमा चयन भएका रानाभाट शिक्षक अभिभावक सङ्घका निवर्तमान अध्यक्ष हुन् ।

    विभिन्न सामाजिक काममा सक्रिय रानाभाट न्यु भिजन युवा क्लवको पूर्व अध्यक्ष समेत हुन् । क्लवको अध्यक्ष हुँदा रानाभाटको नेतृत्वमा समाजमा रहेका विकृति विसङ्गति न्यूनीकरणका लागि सकारात्मक कामहरु गरिएको थियो ।

    विद्यालयको अध्यक्षमा चयन भएका रानाभाटले विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्षसँग सहकार्य गरेर काम गर्ने बताए ।