


दमौली, ३१ असोज । राष्ट्रिय युवा संघ नेपाल तनहुँ र अनेरास्ववियु तनहुँले काठमाडौका मेयर बालेन साह र हामी नेपालका अध्यक्ष सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएको छ।
शाह र गुरुङको योजना र निर्णयमा जेनजी आन्दोलनको दुरुपयोग गरी जिल्ला भित्रका विभिन्न भौतिक संरचना सरकारी भवनहरु राजनीतिक पार्टी (नेकपा एमाले, नेपाली काग्रेस र नेकपा माओवादी) कार्यालयहरु, कागजातहरु तथा व्यत्तिगत भवन तथा चल अचल समपत्तिहरु ध्वस्त नष्ट हुने गरी तोडफोड लुटपाट र आगजनी गरेको भन्दै तनहुँमा जाहेरी दिइएको हो ।


