तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८२, शनिबार

    दमौली, १ कात्तिक । तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    यससँगै तनहुँमा जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुष र गत भदौ १० गते भिमाद नगरपालिका–२ निवासी ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको कार्यालयका सूचना अधिकारी सुदिप कंडेलले जानकारी दिए ।

    जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएसँगै स्वास्थ्यकर्मीको टोलीले जनसमुदाय स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको उनले बताए ।

    जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।