सत्रसयमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    सत्रसयमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८२, शनिबार

    दमौली, १ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

    डुम्रेबाट आँबुखैरेनी जॉदै गरेको बा. प्र.०३ ०३४ प. ७६३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते हुनेमा मोटरसाइकल चालक गोरखा गण्डकी गाउँपालिका-८ घ्यालचोक बस्ने २८ वर्षीय अर्जुन सार्की र सवार चितवनको ईच्छाकामना गाउँपालिका-१९ सिमलताल बस्ने ३१ वर्षीय बादल गुरुङ रहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । घाइतेको ऑबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।