


काठमाडौ, २ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म आफ्नो मोबाइल सेनाले सिज गरेको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलनमा उनले भदौ २४ गते बालुवाटारबाट निस्किएपछि आफू सेनाको सुरक्षामा रहेको बताए । “राजीनामा दिएपछि म सेनाको सुरक्षामा रहेँ । सेनाको सुरक्षाभित्रै, तपाईंहरूले त्यसलाई जे सुकै विशेषण दिन सक्नुहुन्छ । म सेनाको सुरक्षामा थिए । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहभन्दा अगाडिसम्म मोबाइल लिन पाएको थिइन । मोबाइल सिज गरिएको थियो,” उनले भने ।
भदौ २७ को साँझसम्म आफू सम्पर्कमा नभएको बताए ।