दमौली सेतीमादी नदीमा पाँच फूलको तोरण तारियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली सेतीमादी नदीमा पाँच फूलको तोरण तारियो

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८२, शनिबार

    दमाैली, १५ कात्तिक । हरिबोधनी एकादशीको अवसरमा दमौलीस्थित सेतीमादी नदीमा पाँच वटा फूलको तोरण तारिएको छ । व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारस्थित सेती नदीमा आज पाँच वटा फूलको तोरण तारिएको हो ।

    व्यास नगरपालिकाका विभिन्न ठाउँमा ल्याइएको फूलको तोरण नदीमा तारिएको हो । व्यास नगरपालिका–३ दमौलीका तारानाथ घिमिरेले फूलको तोरण तार्दा दुवैपट्टि लिङ्गो राखेर तार्ने प्रचलन रहँदै आएको जानकारी दिए ।

    सेतीमादी नदीमा विभिन्न ठाउँबाट ल्याइएका फूलको डोली सेलाउने काम समेत गरिएको छ । एकादशी मेला भर्न विभिन्न ठाउँबाट भक्तजन दमौली आएका थिए ।