मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८२, शनिबार

    काठमाडौ, २२ कात्तिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)को राजीनामा स्वीकृत भएको छ। विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले शनिबार पदबाट राजीनामा दिएका थिए।

    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए।

    नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ।