देउसीभैलोको रकमबाट जनजागृति गंगा माविका विद्यार्थीलाई न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देउसीभैलोको रकमबाट जनजागृति गंगा माविका विद्यार्थीलाई न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०८२, सोमबार

    दमाैली, २४ कात्तिक । व्यास नगरपालिका–१३ जनजागृती गङ्गा माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई साेमबार न्यानो कपडा वितरण गरिएको छ । सामाजिक अभियान्ता सुदीप गफ्फारको सक्रियता र पूर्व विद्यार्थी मञ्चको समन्वयमा यहाँका २५ विपन्न विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।

    चिसो मौसममा कठ्याङ्ग्रिदै विद्यालय आउन नपरोस् भनेर विद्यार्थीलाई स्वीटर वितरण गरिएको सामाजिक अभियान्ता गफ्फारले जानकारी दिए। देउसीभैलो खेलेर सङ्कलित रकमबाट स्वीटर खरिद गरी विद्यार्थीलाई वितरण गरिएको उनकाे भनाइ थियो ।

    May be an image of one or more people and text
    May be an image of one or more people and people studying

    उनले भने, “देउसीभैलो खेलेको रकम र देश तथा विदेशबाट प्राप्त सहयोगबाट अभियान न्यानो सञ्चालन गरिरहेका छौ । विपन्न विद्यालयमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ ।”

    व्यास नगरपालिका–११ का कार्यवाहक वडाध्यक्ष हरिशचन्द्र पन्थले सामाजिक अभियान्ता गफ्फारको सामाजिक कामले समाजलाई सकारात्मक सन्देश दिएको चर्चा गरे। विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि वडाले पनि निरन्तर पहल गरिरहेको उनकाे भनाइ थियो ।

    May be an image of one or more people and text
    May be an image of one or more people, people studying and text that says 'ई आरविश्वासी र तिस्वार्यी उद्" ऋगवंद ebcegor ប្រមជ abarssa'

    जनजागृती गङ्गा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष सनम तामाङले विगतका दुई वर्षमा मञ्चकै सक्रियतामा विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरिएपनि यस वर्ष स्रोत जुटाउन नसकिएको उल्लेख गरे। सदरमुकामबाट नजिकै रहेको विद्यालय भएपनि विपन्न विद्यार्थी अध्ययनरत गर्ने भएकाले सामाजिक अभियान्ता गफ्फारलाई सहयोग गर्न आग्रह गरेअनुरुप न्यानो कपडा वितरण गर्न सकिएको उनले चर्चा गरे।

    आदिकवि भानुभक्त क्याम्पसका स्ववियु सभापति अनुप आलेले सामाजिक अभियान्ता सुदीप गफ्फारकाे कामलाई सबैले सम्मान गर्नुपर्ने बताए ।

    May be an image of one or more people, flute and text

    विद्यालयका सहायक प्रधानाध्यापक सिद्धराज शर्माले सहयोगी दाताको सहयोगका कारण विद्यार्थीलाई चिसो मौसममा कठ्याङ्ग्रिदै विद्यालय आउने अवस्थाको अन्त्य हुने उल्लेख गरे ।

    सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर दूरीमा अवस्थितमा विद्यालयमा एक सय २० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।