पेट्रोल र डिजेलको मूल्य बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पेट्रोल र डिजेलको मूल्य बढ्यो

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०८२, शनिबार

    काठमाडौँ, २९ कात्तिक । सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । निगमले शनिवार एक विज्ञप्ति जारी गरी आजै राति १२ बजेबाट लागू हुने जनाएको छ ।

    भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्य सूची आएको निगमले जनाएको छ ।

    तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा छ ।