मेयर कप वडा स्तरीय भलिबलको उपाधि व्यास १३ लाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेयर कप वडा स्तरीय भलिबलको उपाधि व्यास १३ लाई

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०८२, शनिबार

    दमौली, २९ कात्तिक । व्यास नगरपालिकाले आयोजना गरेको दोस्रो मेयर कप वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१३ ले जितेको छ । व्यास नगरपालिका–३ खुल्ला मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता व्यास नगरपालिका–६ लाई पराजित गर्दै वडा नम्बर १३ ले उपाधि जितेको हो ।

    व्यास नगरपालिका–१३ ले व्यास नगरपालिका–६ लाई ३–१ सेटमा पराजित गरेको छ ।

    पहिलो मेयर कप वडा स्तरीय भलिबल प्रतियोगिताको साविक विजेता व्यास नगरपालिका–६ ले यसपटक दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

    यसअघि आजै तेस्रो स्थानका लागि भएको खेलमा व्यास नगरपालिका–५ विजयी भएको छ । व्यास नगरपालिका–५ ले व्यास नगरपालिका–८ लाई पराजित गरेको छ।

    प्रतियोगितामा प्रथम भएको टिमले नगद रु ५० हजार, द्वितीय भएको टिमले नगद रु ३५ हजार र तृतीय भएको टिमले नगद रु २० हजार र ट्रफी प्राप्त गरेको छ ।

    प्रतियोगितामा व्यास नगरपालिका–१३ का दिपेश आले उत्कृष्ट खेलाडी, व्यास नगरपालिका–६ का टाइसन गुरुङ उत्कृष्ट लिफ्टर र व्यास नगरपालिका–१३ का मोतीराम थापा स्पाइकर घोषित भएका छन् ।

    प्रतियोगितामा व्यास नगरपालिका–७ बाहेक नगरपालिकाका १३ वटा वडाको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

    विजेतालाई पुरस्कार गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

    वडास्तरबाटै दक्ष भलिबल खेलाडी उत्पादन गर्ने उद्धेश्यसहित मेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष गुरुङले जानकारी दिए । नगरपालिकाले निकट भविष्यमै तनहुँका पालिकास्तरीय भलिबल प्रतियोगिता गर्ने उद्धेश्य राखेको उनले बताए ।