पुस २४ देखि छैठौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुस २४ देखि छैठौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८२, आईतवार

    दमौली, ३० कात्तिक । दमौलीमा आगामी पुस २४ गतेदेखि छैठौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव हुने भएको छ।

    नेपाल आदिवासी जनजाति महासंघ तनहुँको शनिबार बसेको बैठकले पुस २४ देखि माघ ५ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको छ। यसअघि विसं २०७९ पुस २२ गतेदेखि पॉचौ जनजाति महोत्सव गरिएको थियो ।

    भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रबद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको महासंघका अध्यक्ष सुजित हिराचनले जानकारी दिए ।

    ६५ प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासङ्घले नै गरेको थियो । विसं २०६५ सालमा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो ।