युवाको समूहद्वारा सिद्धेश्वरीका ३० विद्यार्थीलाई न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवाको समूहद्वारा सिद्धेश्वरीका ३० विद्यार्थीलाई न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८२, आईतवार

    दमौली, ३० कात्तिक । सामाजिक अभियान्ता युवाको समूहले व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा आइतबार न्यानो कपडा सहयोग गरेका छन् । युवाहरु अविनाश पन्थ, विष्णु पाण्डे र विश्वमित्र लौडारीले सिद्धेश्वरीका विपन्न विद्यार्थीलाई ३० थान स्वीटर सहयोग गरेका हुन् ।

    जाडो मौसममा स्वीटरको अभावमा कठ्याङ्ग्रिदै विद्यालय आउने बाध्यता अन्त्य गर्न विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको विष्णु पाण्डेले जानकारी दिए ।

    देउसीभैलो खेलेर सङ्कलित रकमबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको सामाजिक अभियान्ता अविनाश पन्थले जानकारी दिए ।

    पन्थले यसअगाडी पनि विभिन्न विद्यालयमा विद्यार्थीलाई सहयोग गरिसकेका छन् ।