डिफेन्डिङ च्याम्पियन जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    डिफेन्डिङ च्याम्पियन जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०८२, शुक्रबार

    काठमाडौ, १९ मंसिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को प्ले अफ–फुग्ने चौथो टिम बनेको छ । लुम्बिनीले त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई चार विकेटले हराएको हो ।

    यो नतिजासँगै जनकपुरसहित चितवन राइनोज र पोखरा एभेन्जर्सको प्ले–अफ सम्भावना समाप्त भएको छ । कर्णाली याक्सको यसअघि नै सम्भावना समाप्त भइसकेको छ ।

    सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स यसअघि नै प्ले-अफ पुगिसकेका छन् । त्यसमध्ये सुदूरपश्चिम शीर्षमा रहेर क्वालिफायर-१ का लागि समेत छनोट भइसकेको छ ।