लियो दिवस तथा लियो सप्ताहमा विविध कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लियो दिवस तथा लियो सप्ताहमा विविध कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०८२, शुक्रबार

    दमौली, १९ मंसिर । लियो क्लब अफ तनहुँले ६८औँ अन्तराष्ट्रिय लियो दिवस तथा लियो सप्ताहको अवसरमा विविध कार्यक्रम गरेको छ।

    सप्ताहको अन्तिम दिन शुक्रबार व्यास–१३ स्थित बाल कल्याण आधारभूत विद्यालयमा न्यानो जुत्ता तथा मोजा वितरण गरिएको छ।

    क्लवका अध्यक्ष रोविन श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिए।

    उनले भने, ‘विद्यार्थीहरूको स्वास्थ्य, आत्मविश्वास तथा नियमित अध्ययनमा सहयोग पुर्‍याउने उद्धेश्यले गरिएको यस सामाजिक अभियानले विद्यालय परिवार तथा अभिभावकहरूबाट उच्च प्रशंसा पाउँदा सम्पुर्ण क्लब परिवारलाई सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यहरु गर्न थप उर्जा मिलेको छ।’