आँबुखैरेनीकाे ढापटारमा माेटरसाइकल दुर्घटना, चालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीकाे ढापटारमा माेटरसाइकल दुर्घटना, चालक घाइते

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०८२, सोमबार

    दमौली, २२ मंसिर । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा माेटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

    आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको बा.प्र.०२-०२१प ६८२६ नम्बरकाे मोटरसाइकल अनियन्त्रण भइ पल्टिदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका-१ सत्रसय बस्ने ४२ वर्षीय बीर बहादुर गुरुङ घाइते भएका हुन् । उनकाे आँबुखैरेनी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।