राष्ट्रियसभा सदस्यका लागि कांग्रेस तनहुँमा सात जना आकांक्षी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रियसभा सदस्यका लागि कांग्रेस तनहुँमा सात जना आकांक्षी

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०८२, सोमबार

    दमौली, २२ मंसिर । राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस तनहुँमा सात जनाले नाम दर्ता गरेका छन् । केन्द्रीय समितिले उम्मेदवार सिफारिसका लागि निर्देशन गरेकामा कांग्रेस तनहुँमा सात जनाले नाम दर्ता गरेका हुन् ।

    दर्ता भएका नामावली मंसिर २४ गतेभित्र केन्द्रमा सिफारिस गरिने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

    राष्ट्रिय सभाका लागि कुलचन्द्र वाग्ले, अर्जुन अधिकारी, लक्ष्मी आचार्य, प्रा. डा.कृष्ण प्रसाद गौतम,,रघुनाथ पौडेल, विद्या खनाल र ध्रुव वाग्लेले नाम दर्ता गराएका छन् ।