


दमौली, २२ मंसिर । तनहुँको देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजिव पन्थी सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पन्थीलाई गृह मन्त्रालयबाट देवघाटमा सरुवा गरेको हो ।
देवघाटका प्रमुख प्रशासकीय अधिकृत कालिका तिमिल्सिनाको केही समय अगाडी सरुवा भएपछि प्रमुख प्रशासकीय अधिकृत रिक्त थियो ।
